Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । चलचित्र ‘मेरो मनको साथी’बाट नेपाली चलत्रिचमा हाम फालेकी नायिका हुन् जस्मिन श्रेष्ठ । तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभियन गरेर धेरैको मन मस्तिकमा राज गर्न सफल जस्मिन अहिले नेपाली चलचित्रमा स्थापित हुने प्रयासमा छिन् । उनको दोस्रो चलचित्र ‘बीच बाटो’ले उनलाई राम्रै चर्चा दिलाउन सफल भयो ।
उत्त चलचित्रमा रहेको ‘पप्पी देउन...’बोलको गीतले अझ बढी चर्चा पायो । जुन गीत वर्ष २०७२को टप टेनमा पर्न पनि सफल भएको थियो । उनी डेढ दर्जन भन्दा बढी विज्ञापनहरुमा पनि देखिने गर्छिन । भेनस फिल्मस्लेको ब्यानरमा निर्माण भएका दुवै चलचित्रले मलाई यो क्षेत्रमा स्थापित गराउँन सफल भए । दुबै विग बजेटका चलचित्र हुन’ उनले भनिन् । अहिले जस्मिना तेस्रो चलचित्रको तयारीमा रहेकी छन् ।
उनका अनुसार अब छिट्टै यो चलचित्र छायाँकनमा जाँदै छ । जुन भेनस फिल्मले नै निर्माण गर्न लागेको हो । जसमा प्रदिप भारद्वाजको स्क्रिप्ट रहेको छ जसलाई राजेश शाहीले निर्माण गर्न लागेका हुन् । यसै क्षेत्रको श्रीविद्धमा आफूलाई तल्लिन राख्न चाहने बताउने जस्मिना नेपाली कलाक्षेत्रमा कतिको इटा थप्ने हुन त्यो त उनका आउँदा दिनहरुले नै प्रष्टपार्ने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply