Ticker

6/recent/ticker-posts

एमालेमाथी उपप्रधानमन्त्री निधिको यस्तो गम्भिर आरोप....?

काठमाडौ,माघ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। कार्यबहाक प्रधानमन्त्री समेत रहेका निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी समेत दिए । एमालेले सहमत हुने संकेत नदेखाएको भन्दै निधिले संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेले समर्थन नगरेपनि दुई तिहाइ बहुमतले पारित हुने दावी गरेका हुन् ।
उपप्रधानमन्त्री निधिले भनेः‘ संशोधन विधेयकको पक्षमा दुई तिहाइ सांसद छन् । एमाले सहमत नभए पनि संविधान संशोधन हुन्छ,प्रमुख प्रतिपक्षी दल एमाले अहिले अत्यन्त गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको छ, तापनि उसलाई संशोधनको पक्षमा ल्याउन सरकार प्रयासरत छ ।’
संबिधान संसोधनपछि मधेसी मोर्चा र संघीय गठबन्धनको सहमतिमा नै स्थानीय निकायको चुनावको मिति घोषणा गरिने निधिले जानकारी दिए । निधिले अगाडी भनेः‘संशोधन विधेयक पारित गर्नका लागि हुने मतदानमा मोर्चा र गठबन्धनमा आबद्ध दलका सांसदहरुले संशोधन प्रस्तावको पक्षमा नै मतदान गर्नेछन्,मधेसी मोर्चा र संघीय गठबन्धनको सहमति मै संसदमा संशोधन विधेयक पेश गरिएको हो ।’

Post a Comment

0 Comments