काठमाडौं– चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग हारेको नेपाल यसपटक भने सेमिफाइनलमै भारतसँग पराजित भएको हो ।
भारतको सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलको ४४ औँ मिनेटमा भारतकी कमला देवीको गोलले नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो । ५९ औँ मिनेटमा भारतकी इन्दुमतीको गोलले नेपाल २–० ले पछि परेको हो । ७५ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालकी सावित्रा भण्डारीले गोल गरेर खेल २–१ को स्थितिमा पु¥याइन् । खेलको ८४ औँ मिनेटमा भारतका लागि सस्मिता मल्लिकले अर्को गोल थपिन् । नेपाल ३–१ को स्थितिमा पुगेर पराजित भएको हो ।
आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भेटिएका थिए । नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए । यसअघि नेपाल र भारतबीच ७ पटक भिडन्त भएको थियो । जसमा नेपालले एक पल्ट मात्र खेललाई बराबरीमा रोक्न सफल भएको थियो ।
बाँकी ६ खेलमा नेपालले पराजय व्यहोरेको थियो । त्यसमध्ये पनि ५ खेलमा नेपाल फाइनलमा पराजित भएको थियो । सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपको अघिल्लो तीन संस्करण र दक्षिण एसियाली खेलकुदको दुई वटा संस्करणमा गरी पाँच पटक नेपाल फाइनलमा भारतसँग नै पराजित भएको थियो । सोमबार भएको भारत विरुद्धको सेमिफाइनल खेलमा नेपालले जितको अपेक्षा राखेको भएपनि सपना तुहिएको छ । यसअघिका खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको भए पनि अहिले भने नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको छ ।

0 Comments