Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, पुस २६ – मलेसियाका मिडफिल्डर मोहद फैजले उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । ज्युरिचमा भएको फिफा बेष्ट अवार्डमा फैजले ब्राजिलका जोनथ मार्लोन र भेनेजुएलाका डानिएस्का रोड्रिग्वेजलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

 पहिलो पटक मनोनयन परेका फैज पुसकास अवार्ड जित्ने मलेसियाको पहिलो खेलाडी बनेका छन् । फिफा डट कममा विश्वभरका फुटबल समर्थकले गरेको मतका आधारमा फैजको गोल वर्ष २०१६ को उत्कृष्ट गोल घोषित भएको हो ।
 फैजले मलेसियन सुपर लिग अन्तर्गत पेनाङका लागि गरेको गोलले ५९ दशमलव ४६ मत पायो । मार्लोनको गोलले २२ दशमलव ८६ तथा रोड्रिग्वेजको गोलले १० दशमलव ०१ प्रतिशत मत पाएको फिफाले जनाएको छ ।
अन्तिम १० मा परेका लियोनल मेस्सी, नेइमार, हाला रोब्सन कानुसहितका बाँकी सात खेलाडीले कुल ७ दशमलव ६८ प्रतिशत मत पाएको छ ।

फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोच, २०१३ मा जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिराले अवार्ड जितेका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply