Ticker

6/recent/ticker-posts

जम्बो मन्त्रीमण्डल महाजम्बो हुँदै....

काठमाडौ,माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पुनःमन्त्रीमण्डल विस्तार गर्नेको लागि तिव्र गृहकार्यमा जुटिरहेका छन् । छ महिनाको अवधिमा चौथो पटक सरकार विस्तार गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः तिव्रताका साथ सरकार विस्तारको गृहकार्य थालेका हुन् ।
चौथो पटक सरकार विस्तार गरिसकेपनि अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता पाएको छैन् । यसअघि उनले चौथो पटक मन्त्रीमण्डल विस्तार गर्दा समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्री बनाएका थिए ।
प्रधानमन्त्री दाहाल सत्तारुढ दल राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई समावेश गरेर सरकार विस्तारको गृहकार्यमा जुटेका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालय स्रोतका अनुसार राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान सहित महत्वपूर्ण मन्त्रालय दिने गरी प्रधानमन्त्रीले तयारी थालेका छन् । अहिले पनि पशुपन्छी र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दाहालले नै सम्हाल्दै आएका छन् ।
मन्त्रीमण्डल विस्तार गर्नको लागि प्रधानमन्त्री दाहालले राप्रपाका अध्यक्ष कमल थापासँग पटक–पटक छलफल गरिसकेका छन् । बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा पनि प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्ष थापासंग छलफल गरेका छन् ।
छलफलमा राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालय पाए सरकारमा आफै सहभागि हुने बताएको बालुवाटार श्रोतले जनाएको छ ।

Post a Comment

0 Comments