Ticker

6/recent/ticker-posts

युवकको मृत्यु प्रकरणःचलचित्र छक्का पञ्जाका निर्माता दिपक गिरी फन्दामा....

काठमाडौ,माघ ।
चलचित्र छक्का पञ्जाको कारण एक युवकले ज्यान गुमाएपछि चलचित्रका निर्माता एंव हास्य कलाकार दिपकराज गिरी फन्दामा परेका छन् । मृतक युवकको सुसाईड नोट फेला परेपछि घटना संकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान गालेको छ । त्यसो त मृतक युवकका घरपरिवारका सदस्य र निर्माता गिरीको भनाई एंव बयान फरक–फरक भएपछि प्रहरीले गहिरो अनुसन्धान थालेको छ । प्रहरीको गहिरो अनुसन्धानसंगै दिपक गिरीको निद हराउन थालेको छ ।
मृतक युवकका परिवारले घटना संकास्पद भएको भन्दै अनुसन्धानको लागि प्रहरीसंग गुहार मागेपछि निर्माता दिपक गिरीको होसै हराएको निकट स्रोतको भनाई छ । मृतकका परिवारजनले युवकले आफै आत्महत्या नगरेको दावी गरिरहेका छन् । घटना छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेको खबरपछि छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुक मार्फत दुःख व्यक्त गरेका थिए ।
नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेको खबर आएको केहीबेरपछि उनले फेसबुकमा लेखेः‘ यो मन बरु ढुङ्गा भए हुन्थ्यो, सबैको भलो चाहने व्यक्ति नै सबैभन्दा बढी दुःखी हुन्छ ।’
काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिए । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।

Post a Comment

0 Comments