काठमाडौ, पुस ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रिय विपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन्।
आइतबार भएको दाहाल–ओली भेटमा ओलीले भनेः‘ संशोधन प्रस्तावमा सहमति हुनै सक्दैन। यो प्रस्ताव संविधान र राष्ट्रियताविपरीत छ ।’
माइतीघरस्थित एक व्यापारीको घरमा प्रधानमन्त्री दाहालसँग ओलीले भनेः‘प्रधानमन्त्रीजी, संविधान कार्यान्वयनका लागि संशोधन होइन, स्थानीय निर्वाचनमा जाऊँ।’ संविधानसभाबाट संसद्मा रूपान्तरित संसद्ले संविधान संशोधन गर्न नसक्ने ओलीले बताएका थिए।
प्रधानमन्त्री दाहालले भने संविधानलाई सर्वस्वीकृत बनाउन संशोधन अपरिहार्य रहेको बताएका थिए। मधेसी मोर्चालाई पनि संविधानको दायरामा ल्याउँदै एमालेको मागअनुसारै स्थानीय निर्वाचनमा आफू प्रतिबद्ध रहेको धारणा दाहालले ओलीसँग राखेका थिए।
जबाफमा ओलीले संशोधन किन र केका लागि भनेर प्रश्न गर्दै यसले मुलुकलाई दुई राष्ट्रमा विभाजन गर्ने र मातृभाषालाई घात गर्ने बताएका थिए। संशोधन प्रस्तावले राष्ट्रियसभाको संरचनामा परिवर्तनको प्रयास गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस प्रदेशको सन्तुलन र न्यायोचित प्रतिनिधित्व कमजोर बनाउने बताएका थिए।
उनले प्रस्तावमा उल्लिखित नागरिकताको प्रावधान अनुचित र असान्दर्भिक रहेको औंल्याएका थिए। ओलीले दाहालसँग मधेसीलाई रिझाउन संसद्का ९० प्रतिशत सांसदको सहमतिसहितको संरचना नत्भकाउन आग्रह गरेका थिए।

0 Comments