Ticker

6/recent/ticker-posts

सत्तासाँझेदार दल नेपाली कांग्रेसका नेताले किन मागे प्रधानमन्त्रीको राजीनामा ?

काठमाडौ, माघ ।
सत्तासाँझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन् । नेता खड्काले माघभित्रै चुनावको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएका हुन् ।
माघभित्रै मिति घोषणा गरिएमात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुने उनले बताए । नभए जेठमा पनि चुनाव हुन नसक्ने भन्दै उनले भनेः‘ प्रधानमन्त्रीले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजीनामा दिएर बाटो खोलिदिनुपर्छ ।’
चुनाव गराउन नसक्ने हो भने प्रधानमन्त्री प्रचण्ड पदमा बस्नुको कुनै अर्थ नहुने उाको जिकिर थियो । खड्काले भनेः‘यो सरकार नै निश्चित उद्देश्य लिएर बोकेर गठन भएको हो, त्यही पूरा नगर्ने हो भने के अर्थ हुन्छ ?’
नेता खड्काले मधेसी मोर्चाले पनि संशोधन प्रस्ताव प्रक्रियामा गएर पारित भएपनि वा नभएपनि अब चुनावमा भाग लिनुपर्ने जिकिर गरे ।

Post a Comment

0 Comments