Ticker

6/recent/ticker-posts

संशोधन प्रस्ताव अघि बढाउने सरकार र मोर्चाबीच सहमति

काठमाडौ,पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठकमा व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको बैठकले संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
बैठकले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

Post a Comment

0 Comments