Ticker

6/recent/ticker-posts

अनाथ तथा असहाय बालबालिकालाई सहयोग

काठमाडौं, माघ ।  ‘असहाय तथा जरुरत मानवीय सहायता नेपाल’ले अनाथ तथा असहाय बालबालिकालाई सहयोग प्रदान गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको फुटुङस्थित ‘नेपालको बालबालिकाहरुका लागि ज्योति’ नामक संस्थाको आश्रयमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न तथा पाठ्यपुस्तक सहयोग गरेको हो ।

उक्त संस्थाको आश्रयमा १२ वर्ष मुनिका १६ बालबालिका रहेका छन् । गरिब तथा असहाय ती बालबालिकालाई संस्थाको सामाजिक सुरक्षा दायित्व अन्तर्गत सहयोग गरिएको ‘असहाय तथा जरुरत मानवीय सहायता नेपाल’का अध्यक्ष डेभिड आचार्यले बताउनुभयो । 

बालबालिकाहरुलाई साहारा दिँदै आएकी आश्रमकी अध्यक्ष्ँ मनकुमारी खड्कालाई संस्थाका अध्यक्ष डेभिड आचार्यले एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गर्नुभएको हो । संस्थाका अध्यक्ष डेभिड आचार्यले मासिक रुपमै सम्पूर्ण सहयोग आफूहरुले गर्ने बताउनुभयो । ‘आगामी दिनमा आश्रममा रहेका बालबालिकाको उचित शिक्षादिक्षाका लागि पहल गर्ने संस्थाले नीति लिएको छ । संस्थाका सबै सदस्यले स्वेच्छाले दिएको सहयोग हस्तातरण गरेका छौँ ।’ आचार्यले स्पष्ट पार्नुभयो । राहत पाएपछि संस्थाकी अध्यक्ष मनकुमारी खड्काले भावुक हुँदै भनिन्– ‘धेरैपछि बालबालिकाहरुका लागि खानपानको व्यवस्था जुट्यो । यस्तै सहयोगी हातहरु आगामी दिनमा पाइएमा बालबालिकाको भविष्य पनि उज्ज्वल हुने थियो ।’ 


दुई जना असहाय बालबालिकाबाट शुरु भएको आश्रममा हाल १६ जना पुगिसकेका छन् । गरिब, दिनदुःखी बालबालिकाका लागि आश्रमले निःशुल्क खानेबस्ने र शिक्षाको व्यवस्था गरेको छ । दैनिक जसो बालबालिका विभिन्न स्थानबाट आउने गरेको भएपनि आर्थिक अवस्थाकै कारण आफूले राख्ने मन हुँदाहुँदै पनि राख्न नसकेको बताउनुभयो । 

Post a Comment

0 Comments