थाहै नपाई आयौ प्रिये, तिमी मेरो जिन्दगीमा
माया बोकी आयौ प्रिये, मेरो मनको मझेरीमा।।
तिम्लाई मैले नदेखेर नजर देखि टाढा हुँदा
तिमी आउने बाटोहरु अल्झी रन्छ परेलीमा।।
एकबारको जिन्दगीमा तिमी संगै जिउनु भनि
पलपल मर्दै बाँची रैछु ,मुटु राखी बन्धकीमा ||
ला'को माया नपाएर मनै रित्तो हुँदाखेरि
आँसु बनी माया झर्छ, मेरो मनको बलेसीमा।।
तड्पाईको रात पछि मिरमिरेमा किरण आउँदा
ओईलिएको मुहार हाँस्यो, मुसुमुसु बिहानीमा ||
(प्रेमिकाले प्रेमी प्रति पोखिएको भावनामा किरण टी लिम्बुकाे प्रकाशोन्मुख गज़ल संग्रहबाट )
----------------------------------------------------------------------------
0 Comments