Ticker

6/recent/ticker-posts

जसले चुनाव जित्छ पार्टीले उसैलाई टिकट दिन्छः देउवा

पोखरा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशलाई पनि मिलाएर लैजानु आफ्नो दायित्व भएको बताएका छन्। पोखरामा पुगेका देउवाले पहाडी र मधेशी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताए।

उननले हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको बताए। संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको उनले बताए।

संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक भएको देउवाले बताए। उनले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

'पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न सकिँदैन, जसले चुनाव जित्न सक्छ, त्यसैलाई उम्मेदवारको टिकट दिने हो', उनले भने, 'कांग्रेस पराजय हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन, संविधानको कार्यान्वयनजस्ता धेरै कुरा प्रभावित बन्छ, टिकट पाउनेलाई नपाउनेले सहयोग गरी अघि बढ्नुपर्छ।'

Post a Comment

0 Comments