काठमाडौं, पुस । नेपाली कांंग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफ्नो बद्नाम गर्नका लागि भिडियो खिचेर भ्रम फैलाइएको आरोप लगाएका छन् । वास्तविकतालाई नै नबुझि अपवाह फैलाउन यस्तो काम भएको भन्दै उनले वास्तविकता अर्कै रहेको प्रष्ट पारेका छन् ।
वास्तविकता के हो ?
संसद भवनमा बैठक चलिरहेका बेला खैनी खाएर थुकेको भन्ने गलत समाचारको खण्डन गर्दै मन्त्री केसीले भनेका छन्– ‘वास्तविकता बुझिएन, म विरुद्ध षड्यन्त्र भयो । मेरो बद्नाम गर्न खोजियो, यही कुराले अहिले मलाई गम्भीर बनाएको छ ।’ उनले भने– ‘म खैनी खाने तथा जथाभावी थुक्ने प्रवृत्तिको बिराधी हुँ । मैले संसदमा पनि यस्ता अमर्यादित क्रियाकलापका विषयमा साथीहरुमाझ राख्दै पनि आएको छु ।’
उनले १५–२० बर्षअघि धुम्रपानको लत भए पछि त्यसलाई हटाउन सूर्ती खाने गरेको त्यो पनि अहिले छोडिसकेको बताएका छन् । सूर्तीखाने लत हटाउनका लागि आफूले विगत दुई वर्ष यता सूर्तीको सट्टा दालचिनी खाने गरेको बताएका छन् । तलतल मेटाउन म संसदमा जाँदा पनि प्रायः काजु, दालचिनी गोजीमा राखेर जाने गरेको छु ।
त्यस्तै, केसीले भने– ‘जुन दिन संसदमा मेराविरुद्ध हंगामा मच्चाउन भिडियो खिचेर सार्वजनि गरियो । त्यो भन्दा केही दिन पहिलेदेखि नै मलाई ज्वरो आएको थियो । शारीरिक रुपमा पनि अस्वस्थ भएका कारण पनि बेला–बेलामा दालचिनी खाने गरेको थिए । सोही दिन पनि यही मौका छोपियो र अपवाह फैलाइयो ।’
उनले सोही दिनमा संसदमा भएको विषयमा भने– ‘मेराे स्वास्थ्यमा असहजता आएका कारण सोही दिन म पटक–पटक बाथरुम गएर ‘भमिट‘ पनि गरेको थिए । ‘भमिट’ रोक्नकै लागि दालचिनी मुखमा राखेको हुँ । दालचिनी राख्दा एकाएक सर्किएपछि मैले हतार हतार हातमा राखेर भूइमा खसालेको हुँ ।, तर, यसलार्इ अर्कै तिरकाले बुझियाे, भ्रम फैलाइयाे ।’
उलने यही मौका छोपेर आफूविरुद्ध भ्रमपूर्ण समाचार फैलाइएको दाबी गरे । उनले संसद बैठक बसिरहेका बेला अन्य केही सांसदहरुले गफ गर्दा, हल्ला गर्दा, संसदप्रति सचेत हुन पटक–पटक साथीहरूकाे धानाकर्षण गराउँदै अाएकाे बताए ।

0 Comments