Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,माघ ।
तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् ।
अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो । वैठकको निर्णयअनुसार पछि संशोधन गर्ने प्रावधान राखेर महामन्त्री र सहमहामन्त्रीहरु चयन गरिएको प्रवक्ता विमल श्रीवास्तवले जनाए ।
झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply