Ticker

6/recent/ticker-posts

संविधान संशोधन विधेयक टेबल भएपछि जिल्ल परेको एमाले अब के गर्ला ?

काठमाडौ, पुस ।
आफुहरुको विरोधका बीच सत्तापक्षले संविधान संशोधन विधेयक संसदमा पेश गरेपछि प्रमुख विपक्षी दल नेकपा एमाले अब विधेयकलाई असफल पार्ने प्रतिक्रिया दिएको छ । एमालेले सभामुखले संसदीय अभ्यास विपरित काम गरेको आरोप समेत लगाएको छ । उसले अब यसलाई असफल बनाउने रणनीति लिएको समेत जनाएको छ ।
विपक्षीले लगातार अवरुद्ध पार्दै आएको संसद बैठक सर्बोच्च अदालतको आदेशपछि आइतबार सुचारु भएको थियो । बैठकमा निर्वाचनसम्वन्धी दुई विधेयक पेश हुनुका साथै अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाउने निर्णय सर्वसम्मतले पास गर्‍यो ।
तर, संविधान संशोधन विधेयक टेबल गर्ने कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षीले विरोध गरे । उनीहरुको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश भएको छ ।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले विपक्षीले असहमति जनाउँदा जनाउँदै संसारमा कहिँ पनि प्रस्ताव टेबल नहुने भन्दै सभामुखले संसदीय अध्यास विपरित काम गरेको आरोप लगाए ।उनले
यसलाई आफूहरुले विधेयक टेबल भएको नभई जबर्जस्ती गरेको रुपमा लिएको प्रतिक्रिया दिए ।

Post a Comment

0 Comments