Ticker

6/recent/ticker-posts

इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन

इरान, २५ पुस ।  इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ।
हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  सन् १९८९ देखी १९९७ सम्म उनी इरानका राष्ट्रपति बनेका थिए । सन् १९३४ मा जन्मेका रफ्सन्जानी इरानमा उदार नीतिका पक्षधर मानिन्थे । उनको निधनपछि इरानका सर्वोच्च धार्मीक नेता आयातोल्लाह अलि खमेनी तथा राष्ट्रपति हसन रोहानीले रफ्सन्जानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनपछि इरानले तीनदिने राष्ट्रिय शोक तथा सार्वजनिक विदाको घोषणा गरेको छ । उनको अन्तिम संस्कार शिया मुस्लिम परम्पराअनुसार मंगलबार हुने जनाइएको छ ।

Post a Comment

0 Comments