Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
यो वर्षको हिउँदमा काठमाडौ उपत्यकाबासीहरुले मजाले विजुलीको उपभोग गरिरहेका छन् । अघिल्ला वर्षहरुमा हिउँदको समयमा विजुली वत्ति आउनु भनेको चाडबाँड आउनु जस्तै मात्र नभई दिनको ४ घण्टा लगातार विजुली आए निकै आश्चर्यको विषय हुने गरेको थियो । छोटो अवधिमै विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकौशलताको कारण विजुली जानु आश्चर्यको विषय बनेको छ । काठमाडौका जनताले मात्र होइन् मुलुकका प्रमुख शहर र गाउँबस्तीहरुमा पनि यसपाली शुक्खायाममा समेत थौरै मात्र विजुली जाने गरेको छ । 
यसको प्रमुख कारण विद्युत्त चुहावट नियन्त्रण,वितरण प्रणालीको व्यवस्थापन र व्यापारिसंग मिलेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विद्युत्त प्राधिकरणका केहि माफियाको प्राधिकरणवाट बर्हिगमन हुन् । सरकारी अध्ययनले देशमा अहिले १७ सय २१ मेगावाट विद्युत आवश्यक भएको देखाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले भनेः‘जल तथा ऊर्जा आयोगको रिपोर्टमा अहिले १७ सय २१ मेगावाट विद्युत आवश्यक छ भनेको छ । तर यसमा २० प्रतिशत अन्य पनि थप गर्न जरुरी छ ।’
देशमा अहिले ६ सय मेगावाट बराबरको उत्पादन भइरहेको छ भने भारतबाट ३ सय ४० मेगावाट आयात भइरहेको छ । यसरी हेर्दा अझै मुलुकभर करिब ८ सय मेघावाट विजुली अपुग देखिएको छ ।
रिपोर्टका अनुसार अबको चार वर्षपछि सन् २०२० सम्ममा यो माग बढेर ६ हजार ८ सय मेगावाट पुग्नेछ । साथै २०२५ सम्ममा यो माग १० हजार ८ सय पुग्ने आयोगको आँकलन छ ।
त्यसैले बढ्दो बिजुलीको मागलाई पूर्ति गर्न निर्माणधिन ठुला जलबिद्युत्त आयोजनाहरु समयमै सम्पन्न गर्नु एक मात्र विकल्प हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply