Ticker

6/recent/ticker-posts

लोकमानसिंह कार्कीलाई महाअभियोगबाट उन्मुक्ति.....?

काठमाडौ, माघ ।
सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ ।
महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न गठित उपसमितिले महाअभियोग लगाउनु नपर्नेसहितको प्रतिवेदन मूल समितिलाई बुझाउँदैछ ।
समितिका एक सदस्यका अनुसार कार्कीमाथि महाअभियोग सिफारिस नगरे पनि उनीविरुद्ध लागेका आरोपबारे भने सम्बन्धित निकायबाट छानबिन गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Post a Comment

0 Comments