Ticker

6/recent/ticker-posts

नेपाल सरकारका मन्त्री प्रेमबहादुर सिंहःश्रीमतीका धनी, रक्सीका अम्मली....


काठमाडौ,माघ ।
बिहिबार मात्रै मन्त्रीको सपथ खाएका सांसद प्रेमबहादुर सिंहका लागि मन्त्री पद नयाँ होइन । २० वर्षको अवधिमा उनी चौथोपटक मन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ, उनी दुई पटक कानुनमन्त्री बने भने दुई पटक खानेपानी तथा सरसफाइ मन्त्री ।
नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गरेका कालीकोटका सिंहले पञ्चायतकालमा कर्णालीमा राम्रै वामनेताको छवि बनाएका थिए । वास्तवमा कर्णालीमा एमालेको संगठन विस्तारको श्रेय सिंहलाई समेत जान्छ ।
सिंह मजदूर किसान पार्टी छाडेर तत्कालीन माले हुँदै एमाले बने । एमालेबाट कर्णाली अञ्चल इन्चार्ज बनेका सिंहले आफ्नै कमाण्डमा ०५६ सालमा कर्णालीका पाँचै सीटमा एमालेलाई बिजयी बनाएका थिए ।
तर, त्यसअघि नै सिंह राष्ट्रिय सभामा एमालेको सांसद भइसकेका थिए । वामदेव गौतम उपप्रधानमन्त्री भएको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा ०५३ मा सिंह एमालेका तर्फबाट पहिलो पटक कानुन मन्त्री बने ।
एमाले फुटेर माले बने पनि सिंह एमालेमै बसे । यसबीचमा उनको व्यभिचारी चरित्रबाट पीडित बनेका हुम्लाका एकजना एमाले कार्यकर्ताले बल्खुको छतबाट हाम फालेर आत्महत्या गर्ने प्रयाससमेत गरे ।
संगठन निर्माणका सिलसिलामा हुम्ला पुगेका बेला सिंहले आफ्नै सहकर्मीकी पत्नीसँग व्यभिचार गरेको भेटिएपछि यस्तो घटना भएको थियो । र, यही घटनाका कारण सिंहले ०५५ सालमा कालिकोटमा कुटाइसमेत खाए ।
ठकुरी बाबुसाहेब मन्त्री सिंहकी जेठी श्रीमती हाल कालीकोटमा छिन् भने माइली श्रीमती थानकोटतिर छिन् । उनी अहिले आफ्नै पार्टीकी एक नेतृसँग मैतिदेवीमा लिभ इन टुगेदरमा बसिरहेका छन् ।

Post a Comment

0 Comments