Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको  विधेयक सामान्य छलफलपछि पारित भएको हो ।
बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैंकिङ क्षेत्रमा देखिएको विसङ्गतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताए ।
 विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । संसदको अर्को बैठक आउँदो २९ गते शुक्रबार १ बजे बस्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply