Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २७ पुस । अमेरीकी राष्ट्रपति बाराक ओबामाले आफ्नो विदाइ सम्बोधन गरेका छन् । राष्ट्रका नाममा शिकागोमा आफ्नो अन्तिम सम्बोधनका क्रममा ओबामाले आफ्नो ८ वर्षे कार्यकालको उपलब्धीको व्याख्या गरे ।

ओबामाले पछिल्लो आठ वर्षमा अमेरीका अझ मजबुत तथा समृद्ध भएको दाबी गरे । प्रगतीशिल परिवर्तनको आफ्नो अवधारणलाइ आफुले नत्यागेको ओबामाको भनाइ थियो । ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे ।

ओबामाले आफ्नी पत्नी मिशेल ओबामा, उपराष्ट्रपति जो बाइडन, स्वयंसेवक तथा सम्पुर्ण अमेरीकी जनतालाइ धन्यवाद पनि दिए । ओबामा सन् २००८ तथा २०१२ मा भएको चुनावमा विजयी भएर राष्ट्रपति बनेका थिए । नयाँ अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २० तारिखका दिन राष्ट्रपतिको सपथ ग्रहण गर्दैछन् ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply