शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गर्नुभएको कार्यक्रमको पहिलो दिन विहानै विद्यार्थी, शिक्षक शिक्षिकाहरुले ¥याली निकालेका थिए । सोही दिन स्रोतकेद्र स्तरीय हाजिरी जवाफ प्रतियोगिता र आन्तरिक प्रा.वि., नि.मा.वि., मा.वि.तर्फका सबै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भए । कार्यक्रमका प्रमुख अतिथी मन्त्री केसीले पुरस्कृत विद्यार्थीहरुलाई अबिर लगाएर पुरस्कार वितरण गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
“दिगो विकासकालागि श्रम, सीप र प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुरक्षित विद्यालय क्षेत्र” भन्ने मूल नाराकासाथ विद्यालयले विभिन्न कार्यक्रम गरिरहेको छ । यसैबीच विद्यालयले सोमबार (आज) स्रोत केन्द्र स्तरीय एकल लोक गायन प्रतियोगिता र आन्तरिक मा।वि। स्तरका तथा कोसी हरैंचा–१३,१४,१५ स्तरीयका सबै पुरस्कार वितरण गर्दैछ । सोमबार पुरस्कृत हुने विद्यार्थीहरुलाई माननीय चन्द्रवहादुर गुरुङले पुरस्कार वितरण गर्नुहुनेछ ।
त्यस्तै मंगलबार (भोलि) पनि विद्यालयले विभिन्न कार्यक्रम गर्दैछ । मंगलबार हुने कार्यक्रमहरुमा स्तम्भ शिलान्यास, स्रोतकेन्द्र स्तरीय फूटबल, हाजिरी जवाफ र लोक गीतको पुरस्कार वितरण, सम्मान तथा पुरस्कार वितरण गरिनेछ । उक्त दिनका हुने कार्यक्रमका विजेताहरुलाई श्रम तथा रोजगार मन्त्री मा।दिलिप गच्छदारले प्रदान गर्नुहुने भएको छ ।
भव्यरुपमा जारी यस स्वर्णमहोस्तव कार्यक्रममा सहभागी हुन विद्यालयले आम स्थानीय वासिन्दा, विद्यालयका सम्पूर्ण सरोकारवाला महानुभावहरु, पूर्व विद्यार्थीहरु, पूर्व प्र.अ.तथा शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थाप समितिका पदाधिकारी, शिअसंघ पदाधिकारीहरु, चन्दादाताहरु, सहयोगी संघ सस्थाका प्रमुखहरु तथा शुभचिन्तकहरु सबैमा आग्रह गरेको छ ।
0 Comments