Ticker

6/recent/ticker-posts

मन्त्रिपरिषद बैठकका निणर्य यस्ता

काठमाडौं, माघ । सरकारले कानुन सेवाका पाँच सहसचिवहरुलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सह–सचिवहरुलाई बढुवा गरेर रिक्त स्थानमा पदपूर्ति गर्ने निर्णय गरेको हो।

 बैठकले सह–न्यायाधिवक्ता किरण पौडेललाई नायव महान्यायाधिवक्तामा पदस्थापन गरेको छ। यसैगरी सर्वोच्चका सह–रजिस्टार नहकुल सुवेदीलाई न्यायापरिषद् सचिवमा तथा सर्वोच्चकै सह–रजिस्टार नृपध्वज निरौलालाई रजिस्टारमा बढुवा गरिएको छ।

त्यस्तै सह–सचिव राजिप गौतमलाई कानुन सचिवमा र राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको सचिवमा पदस्थापन गरिएको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

Post a Comment

0 Comments