Ticker

6/recent/ticker-posts

माके र एमालेबीच भिडन्त हुने निश्चित,माकेले चयन गर्यो उम्मेद्वार

काठमाडौ, माघ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदको सार्वजनिक लेखा समितिको सभापतिका लागि डोरप्रसाद उपाध्यायलाई अघि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले सांसद उपाध्यायलाई लेखा समितिको सभापतिका लागि अघि सारेको हो ।
बैठकमा समसामयिक राजनितिक परिस्थिति, निर्वाचन सम्वन्धि विधेयक लगायतका विषयमा समेत छलफल भएको संसदीय दलका उपनेता टोपवहादुर रायमाझीले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रका नेता जनार्दशन शर्मा लेखा समितिका सभापति थिए । नेता शर्माले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि लेखा समिति सभापति बिहिन बनेको छ । लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि दावी गरिरहेको छ । दलहरुको विवादका कारण समितिको सभापति चयन हुन सकिरहेको छैन् ।

Post a Comment

0 Comments