Ticker

6/recent/ticker-posts

अन्ततः३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडे

एजेन्सी,१८ पुस ।
अमेरिकामा रहेका ३५ जना रुसी  कूटनीतिज्ञले अमेरिका छाडेका छन् । नयाँ वर्षको दिन वासिंटन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको आरोप लगाउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घन्टाभित्र अमेरिका छाडन निर्देशन दिएका थिए ।

रसियन दूतावासका अनुसार अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन । अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्वन्ध राम्रो हुने बताउँदै आएका छन् ।

Post a Comment

0 Comments