Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण काठमाडौंमा सामान्य प्रभाव परेको छ । 
 विहान सवारी साधन नचलेपछि दिउँसोदेखि फाटफुटरुपमा सवारी साधन चल्न थालेका छन् । त्यस्तै, केही पसल बन्ध भए पनि धेरैजसो पसलहरु खुलेका छन् । परिङ्ग रोडमा थोरै मात्रामा सार्वजनिक यातायातका साधन चलेका छन् । साझा यातायात पनि आजको बन्दमा स‌ंचालनमा ल्याइएको छ । 
काठमाडौंबाट उपत्यकाबाहिर छुट्ने सवारी साधन पनि आज छुटेका छैनन भने नागढुंगा, फर्पिङ, कोटेश्वरबाट कुनै सवारी साधन उपत्यका नभित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। बन्द गराउँदै हिँडेका २३ जनालाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए।

त्यस्तै ललितपुरबाट पनि ६ जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी इश्वर कार्कीले बताए।
विभिन्न १० वटा माग राखेर संघर्ष समितिले उपत्यका बन्द आब्हान गरेको हो। उपत्यकाबासीका आफ्ना पुख्र्यौली थातथलो घर जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिइ उठिबास लगाउने कार्यको विरोध स्वरुप बन्द आब्हान गरिएको संघष समितिले जनाएको छ।

सरकारले हचुवाको घरमा घर भत्काउन लागेका कारण कतिपय घरधनीले डिप्रेसनको शिकार भएको हुदाँ त्यस विषयमा पनि सरकारको ध्यानाकर्षण गर्न बन्द आब्हान गरेको समितिले जनाएको छ। विभिन्न स्थानका २४ वटा संघर्ष समिति मिलेर उनीहरुले बन्द आब्हान गरेका हुन्।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply