Ticker

6/recent/ticker-posts

वैशाखको तेस्रो साता स्थानीय चुनावः प्रधानमन्त्री

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख अन्तिम साता स्थानीय तहको चुनाव हुने बताएका छन् । प्रधानमन्त्री दाहालले प्रमुख तीन दलबीच भएको सहमति अनुसार सरकार माघ १५ गते भित्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको पनि स्पष्ट पारे।

संसदीय मामिला पत्रकार समाजद्धारा सम्पादित संसदीय पत्रकारिता पुस्तकको काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले बैशाक २५ देखि ३० गते भित्र स्थानीय निर्वाचन हुने पनि उल्लेख गरेका हुन्।
प्रधानमन्त्री दाहालले निर्वाचनमा जान मधेशी मोर्चा पनि सहमत हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा सहमति नभए पनि अर्को विधि अपनाएर भएपनि मधेशी मोर्चाको माग सम्बोधन गर्न आफू सक्षम हुने विश्वास पनि व्यक्त गरे। उनले मधेशी मोर्चाको मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आफूसँग अर्को विधि रहेको उल्लेख गरेपनि त्यसबारे विस्तृत जानकारी भने दिएनन्।

Post a Comment

0 Comments