Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,माघ ।
काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राति सवा दुई बजे नागढुंगामा उक्त स्कार्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर बरामद भएको छ ।
त्यसैगरी १ लाख १८ हजार युरो र केही अष्ट्रेलियन डलरसमेत गाडीमा फेला पारिएको अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
दुई महिला र एक पुरुषसहित तीनजना चिनियाँ नागरिकहरु बा १ य १२३२ नम्बरको पर्यटकहरु चढ्ने स्कार्पियो गाडीमा काठमाडौंबाट रसुवातर्फ गइरहेका थिए । उनीहरु ठमेलको गजुर होटलबाट निस्किएर रसुवातर्फ लाग्ने क्रममा नागढुंगामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो । एकै रात रसुवाबाटै १५ किलो सुन राजधानी भित्रिनु र ४ करोडभन्दा बढी रकम बराबरको विदेशी मुद्रा राजधानीबाट बाहिरिनुमा कुनै सम्बन्ध रहे नरहेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply