Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– आठौं मिडिया कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई वटा खेल हुनेछन् । प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल नेपाल टेलिभिजन र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुपबीच हुनेछ भने दोश्रो खेलमा एभिन्युजले एपी वानको सामना गर्नेछ ।
आइतबार भएको उद्घाटन खेलमा अन्नपूर्ण पोष्टलाई हराउँदै इमेज टेलिभिजनले विजयी सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सम्वद्र्धन प्रधानले २ तथा विजय कार्कीले १ गोल गरेका थिए ।
प्रतियोगिताको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा ७ टिम सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । समूह ‘ए’ मा नेपाल टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, एभिन्युज र एपी वान टेलिभिजन तथा समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट, इमेज च्यानल र रेडियो नेपाल छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोल कर्ता र अनुशासित टिमलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक संग्राहलयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply