Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

इस्लामावाद,पुस ।
पाकिस्तानले पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्रूज मिसाइल निर्माण गरेको जनाएको छ । बाबर–३ नाम दिइएको उक्त मिसाइलको सफल परीक्षण गरिएको दावी पाकिस्तानी सेनाले गरेको हो । छिमेकीको परमाणु रणनीतिलाई ख्याल गरेर आफूहरुले पनि मिसाइल बनाइएको तर्क पाक सेनाले गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले यस सफलताका लागि रक्षा वैज्ञानिकहरुलाई बधाई दिँदै यो ऐतिहासिक क्षण भएको बताएका छन् ।
पाकिस्तानसँग समुन्द्रबाट प्रहार गर्न सक्ने परमाणु क्षमतायुक्त मिसाइल यसअघि थिएन । बाबर–३ को क्षमता ४५० किलोमिटरसम्म प्रहार गर्ने रहेको बताइएको छ । निकै नै खतरनाक मानिने यस्ता मिसाइल पनडुब्बीमा लुकाएर राखिने गरिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply