Ticker

6/recent/ticker-posts

मेक्सिकोप्रति ह्वाइट हाउस किन यति आक्रामक ?

एजेन्सी, माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने बताएका छन् । ह्वाइट हाउसका प्रवक्ताले कर बापत उठेको राजश्वबाट मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने जनाएका छन् ।
मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोको अमेरिका भ्रमण रद्द भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानको कर तिर्नु पर्ने बताएका हुन् । ट्रम्पले सीमा क्षेत्रमा लगाउने पर्खालको खर्च मेक्सिकोले पनि व्यहार्नु पर्ने बताएपछि मेक्सिकोका राष्ट्रपतिले अमेरिकाको भ्रमण रद्द गरेका हुन् ।
मेक्सिकोबाट आयात गरिने सामानमा २० प्रतिशत कर लगाउने र यसले वर्षमा झण्डै दश अर्ब डलर राजश्व उठ्ने ह्वाइट हाउसले जनाएको छ ।

Post a Comment

0 Comments