काठमाडौ,माघ ।
डेढ महिनादेखि रिक्त रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पुनः रामकण्ठ मकाजु नियुक्त भएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले मकाजुलाई उपकुलपतिमा नियुक्त गरेको प्रधानमन्त्रीकोसचिवालयले जनाएको छ ।
उनलाई भिसी नियुक्त गर्नुअघि शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री दाहालले बालुवाटारमा शिक्षा मन्त्री धनीराम पौडेलसहित, सिफारिश समितिका अन्य दुई सदस्य दमननाथ ढुंगाना र सुरेशराज शर्मासँग छलफल गरेर माकाजुलाई सर्तसहित भिसीमा पुनः नियुक्त गर्ने निर्णय गरेका हुन्।
छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। माकाजुलाई भिसी बनाउन प्रधानमन्त्री दाहालले भिसी सिफारिशमा परेका जनार्दन लामिछानेलाई रजिष्टार नियुक्त गर्नु पर्ने सर्त राखेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मकाजुको चार वर्षे कार्यकाल सकिएपछि विश्वविद्यालयमा मंसिर २६ गतेदेखि उपकुलपति रिक्त थियो। दुई साताअघि उपकुलपति सिफारिस समितिले मकाजुसहित पाँचजनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले मकाजु, भद्रमान तुलाधर, मनप्रसाद वाग्ले, भोला थापा र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो।
समिति सदस्य शर्मा र ढुंगानाले भिसीका लागि मकाजुसँगै भद्रमान तुलाधर र मनप्रसाद वाग्लेको नाम सिफारिश गरेका थिए। तर जनादर्न लामिछानेलाई भिसी बनाउने पक्षमा रहेका शिक्षा मन्त्री पौडेलले नमानेपछि सिफारिश प्रधानमन्त्रीसम्म पुगेको थिएन।
प्रधानमन्त्रीले मकाजुलाई नै भिसी बनाउने आश्वासन दिएपछि शर्मा र ढुंगानाले तीनजना र मन्त्री पौडेलले भोला थापा र जनार्दन लामिछाने गरी पाँच जनाको नाम सिफारिश भएको थियो।

0 Comments