Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
नेपालगञ्जको धम्बोझीमा रहेको सिद्दार्थ बैङ्कबाट बागेश्वरी ह्यूमपाइप उद्योगमा कार्यरत दिनेश कँडेलको ३ लाख ६५ हजार रुपैयाँ लुटिएको छ । कँडेल नेपालगञ्जको पुष्पलाल चौकबाट एकजनासँग एकलाख रुपैयाँ लिएर थप रकम झिक्नका लागि बैङ्कमा गएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । कँडेलले बैङ्कबाट २ लाख ५० हजार रुपैयाँ झिकेको देखिएको छ ।
उनले पैसा झिकेर कालो झोलामा राखेर बाहिरिने क्रममा अज्ञात व्यक्तिले काउसो जस्तो चिलाउने वस्तु शरिरमा हालिदिएपछि आफू झोला एकठाउँमा राखेर शरीर कन्याउन लागेको र त्यही समयमा त्यहि व्यक्तिले झोला लिएर गएको पीडितले बयान दिएका छन् ।
धेरै चिलाएपछि नजिकैको बाथरुमभित्र छिर्नेक्रममा मोटरसाइकलमा झोला राखेर भित्र छिरेका कँडेलले फर्कने क्रममा मोटरसाइकल नभएको पाएपछि मात्रै आफू लुटिएको थाहा पाएका थिए ।
प्रहरीले बैङ्कमा रहेको सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनापछि नेपालगञ्जमा सुरक्षा सतर्कता बढाउँदै नेपालगन्जबाट बाहिरिने नाकामा चेकजाँचमा कडाई गरिएको छ । प्रहरीले घटनाका समयमा देखिएका व्यक्तिसँग समेत सोधपुछ भइरहेको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply