गोरु जुधाउन पुगेका तारुका–६ का भैरव श्रेष्ठलाई गोरूले हाने पछि उनी घाइते भए। केहीबेर गोरूले लडायो तर खासै ठूलो चोट लाग्न पाएन। श्रेष्ठ आफ्नो भतिजासँग गोरू लिएर मेलामा जुधाउन पुगेका थिए । एक्कासी आफ्नै गोरुले उनलाई आक्रमण गरेपछि घाइते भएका हुन्।
नुवाकोटको तारुका र वेत्रावतीमा हरेक वर्षको माघे सक्रान्तिमा गोरू जुधाउने मेला आयोजना हुन्छ । वाकोटको तारुका र वेत्रावतीमा हरेक वर्षको माघे सक्रान्तिमा गोरू जुधाउने मेला आयोजना हुन्छ ।
अहिलेसम्म नेपालमा गोरु जुधाई प्रतियोगितामा कसैको ज्यान गएको छैन। तर, स्पेनमा हुने बुलफाइटिङमा भने मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन्।
0 Comments