Ticker

6/recent/ticker-posts

ट्राफिक जामको निगरानी अब ड्रोनबाटै..

काठमाडौ,पुस ।
ट्राफिक प्रहरीले अब उपत्यकाका सडकमा हुने जामलाई ड्रोनबाटै निगरानी गर्ने भएको छ । उपत्यकामा जुनसुकै समयमा हुने जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको हो । ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार एनएमबी बैंकले एउटा ड्रोन हस्तान्तरण गरेको छ ।
महाशाखाका डीएसपी सविन प्रधानका अनुसार यो डिजिआई कम्पनीको पेन्टिएम फोर मोडलको ड्रोन हो । प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरु मध्ये एक जनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारी जामको निगरानी गर्नेछन् ।
डिएसपी प्रधानले भनेः‘पिक आवरमा उपत्यकामा सवारी जाम भइरहेका स्थानमा हामी ड्रोनले खिच्छौं र यसको विश्लेषणबाट ट्राफिक व्यवस्थापनमा सजिलो हुने हाम्रो विश्वास छ ।’
विषेश गरी कार्यालय समयमा बढी चाप हुने स्थानहरुमा ड्रोनको प्रयोग हुनेछ । साथै विशिष्ट व्यक्तिको सवारी, विभिन्न मेला, महोत्सव र सभाहरुमा पनि प्रयोग हुनेछ ।

Post a Comment

0 Comments