काठमाडौ, माघ ।
स्थानीय तहको चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले परामर्स सुरु गरेका छन् । परार्मसको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निर्वाचन आयोगको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त यादवसँग प्रधानमन्त्री आयोगको तयारीका विषयमा परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्रीले सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको भन्दै जेठ १५ सम्म निर्वाचन गर्न सकिने नसकिने विषयमा जिज्ञासा राखेका थिए। प्रधानमन्त्रीले लामोसमयदेखि स्थानीय तहको निर्वाचन नहुँदा बेथिति बढेको भन्दै सरकार निर्वाचन गराउने तयारीमा रहेको बताएका थिए ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण पूर्वाधार तयार भइसकेपछि निर्वाचनको तयारीका लागि आयोगलाई तीन महिनाको समय चाहिने बताएका थिए। हालसम्म कानुन नभएको भन्दै यादवले चाँडो निर्वाचन सम्बन्धी कानुन नहुँदा आयोग अन्योलमा रहेको बताएका थिए।

0 Comments