Ticker

6/recent/ticker-posts

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा....

वीरगञ्ज, माघ ।
आफूहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का अधिकारी भन्दै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकन्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवेष घलान, नसि अख्तर, राजु लामा, योगेन्द्रप्रसाद भट्ट र सागर श्रेष्ठ रहेका छन् । त्यसैगरी, मकवानपुरका अमित बोम्जन, काभ्रेका मोहनबहादुर किङरिङ र महम्मद अब्दुलाह पनि पक्राउ गरेका छन् ।
आफूहरु सीआइबीको अधिकारी भएको भन्दै गत माघ १५ गते वीरगन्ज उपमहानगरपालिका–१८ बाट बारा, सिसवा–महेशपुर–२ का महम्मद अब्दुलाहलाई बलपूर्वक नियन्त्रणमा लिएको अभियोगमा उनीहरुलार्ई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रेमलाल श्रेष्ठ र अब्दुलाह मिलेर विभिन्न व्यक्तिसँग ‘नागमणि’ बिक्री गर्ने बहानामा रकम ठगी गरेको र सोही रकम असुलीका लागि सीआइबीको अधिकारी भएको झुठो बयान उनीहरुले दिएका थिए । पक्राउ परेका उनीहरुमाथी सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments