Ticker

6/recent/ticker-posts

‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रर्दशन गर्ने प्रहरी नियन्त्रणमा.....

काठमाडौ,१९ पुस ।
नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’,‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ भन्दै नारा लगाएका थिए ।
 माइतीघरमा जम्मा भएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

Post a Comment

0 Comments