Ticker

6/recent/ticker-posts

सधैँ पिपुल्सको च्वाइसमा पर्छिन् प्रियंका

काठमाडौं– प्रियंका चोपडाले दोस्रो पटक पनि टिभी सो क्वान्टिको पिपुल्स च्वाइस अवार्ड आफ्नो पोल्टोमा पारेकी छिन् । अभिनेत्री एलेन पोम्पिओ र वियोल डेविजलाई पछाडि छोड्दै उनले ड्रामेटिक टिभी अभिनेत्रीको यो अवार्डमा आफ्नो नाम लेखाएकी हुन् ।

विजेता घोषितपछि उनले आफ्नी आमा मधु चोपडालाई अंगालो मारिन र अवार्ड लिन अगाडि बडिन् । ३४ वर्षीया चोपडा अवार्ड कार्यक्रममा पिच ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् । उनले अवार्ड लिइसकेपछि आफ्नी को–स्टार्स र नोमिनेट भएका अन्य कलाकारलाई धन्यवाद ज्ञापन गरेन् ।

उनले आफ्ना फ्यानलाई पनि धन्यवाद ज्ञापन गरिकी थिइन् । उनको उक्त शो आउँदो सोमबारबाट प्रशारण हुन बताइन् । प्रियंकाको अलावा २०१७ पिपल च्वाइस अवार्डमा भारतीय मूलकी लिली सिंहलाई पनि फेब्रेट यूट्यब स्टारका श्रेणीमा नामांकिन गरिएको थियो ।

Post a Comment

0 Comments