Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, पुस ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग प्रहरीले उनीमाथी लागेको भ्रष्टाचार आरोपको विषयमा सोधपुछ गरेको छ । प्रहरीले भ्रष्टाचार आरोपमाथिको छानबिनको क्रममा प्रधानमन्त्री नेतन्याहुसँग सोधपुछ गरेको इजरायलको न्याय मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नेतन्याहुमाथि व्यावसायीबाट ठूलो मात्रामा आर्थिक लाभ लिएको आरोप लागेको छ । प्रहरीले यही विषयमा सोधपुछ गरेको न्याय मन्त्रालयले जनाएको छ । यस विषयमा विस्तृत विवरण भने दिइएको छैन । अनुसन्धाकर्ताले प्रधानमन्त्रीसँग उनकै घरमा गएर सोधपुछ गरेका हुन् । नेतन्याहुले आफूमाथि लागेका सबै आरोप मिथ्या रहेको र आफू निर्दोष रहेको बताए । जेरुसेलममा रहेको उनको घरमा तीन घण्टासम्म सोधपुछ चलेको जेरुसेलम पोस्टलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply