Ticker

6/recent/ticker-posts

‘झलक दिखला जा’ को उपाधि तेरिया मगरलाई



काठमाडौं ,माघ- नेपालकी छोरी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।

बलिउड अनलाइन बलिउड लाइफका अनुसार  नेपालको रुपन्देहीकी तेरियाले ‘झलक दिख ला जा’मा आफैं कोरियोग्राफर रहेका सलमानयुशुफ खान र फ्यान पलोइङ राम्रो रहेको मानिएका सन्तानु महेश्वरीलाई उछिन्दै प्रतियोतिाको ट्रफि जितेकी हुन् । उनले यसघि जी टिभीबाट प्रसारण हुने डान्स इन्डिया डान्सको बालबालिका विशेष संकरण जितेकी थिइन् ।

Post a Comment

0 Comments