
नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ। नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो।
नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ। नियमावली कार्यान्वयनमा आइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन्।
भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन्। विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर तथा ह्यान्डब्याग खानतलासी भने हुँदै आएको विमानस्थल स्रोतको भनाइ छ।
0 Comments