Ticker

6/recent/ticker-posts

कोहली र शर्मा अब एउटै फल्याटमा.....?

मुम्बई,माघ ।
भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुश्का शर्माको प्रेम प्रसंगका विषयमा नयाँ–नयाँ खबरहरू भारतीय मिडियामा आइरहेका छन्। केही दिनअघि उनीहरूले इन्गेजमेन्ट गर्न लागेको खबर छाएको थियो, जुन अन्ततः झुठो सावित भयो। अहिले फेरि यो जोडी लिभ इन टुगेदरमा बस्ने तयारीमा रहेको समाचार आएको छ।
भारतीय मिडियाहरूका अनुसार उनीहरू सँगै बस्नका लागि नयाँ फ्ल्याट खोजिसकेका छन्। उनीहरू हालै मुम्बईको बर्लीमा एउटा फ्लाट हेर्न पुग्दा मिडियाको आँखामा परे। उनीहरूको सो फ्लाट केही महिनाअघि बुक गरेका रहेछन् ।
हाल त्यहाँ सजावटको काम भइरहेकोले उनीहरू हेर्न पुगेका हुन्। गगनचुम्बी भवनको ३४औं तल्लामा रहेको सो फ्लाटलाई कोहली र अनुष्काले ३४ करोड हालेको जनाइएको छ ।
उनीहरूले उक्त फ्लाट लिभ इनका लागि नै लिएको भनिए पनि दुबै तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। त्यसो मिडियाको आँखाबाट बचेर नियमित भेटघाट गर्न सजिलो होस् भनेर लिएको पनि हुनसक्छ।
आ–आफ्नो व्यस्त जीवनबाट फुर्सद निकालेर उनीहरू बारम्बार कतै न कतै भेट्ने गरेका छन्। अनुश्का अहिले आफ्नो प्रोडक्सनमा बनेको फिल्म फिल्लौरीको प्रदर्शनको तयारीमा छन् भने बिराट इंल्याण्डबिरूद्धको म्याचको व्यस्ततामा छन् ।

Post a Comment

0 Comments