Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मुम्वई,पुस ।
बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो छोरीसंग प्रेम गर्ने युवकले पालना गर्नुपर्ने नियम सार्वजनिक गरेका छन् । उनले आफ्नो छोरीसंग प्रेम गर्ने युवकले ७ ओटा नियम पुरा गर्नै पर्ने बाध्यकारी व्यवस्था लागु गरेका छन् । त्यसो त प्रेम अन्धो हुन्छ भन्छन् तर किन शाहरुखले प्रेम गर्नको लागि नियम लागु गरे होलान् ?
बलिउडका चर्चित तथा रोमान्टिक नायक साहरुख खान पारिवारिक मान्छे मानिन्छन् । साहरुखको परिवार प्रेमकै कारण उनलाई मन पराउनेहरु लाखौ छन् ।
उनै, साहरुखकी छोरी सुहाना अब ठूली भैसकेकी छिन् । सुहानाको पहिरनदेखि पार्टीलाई लिएर अब मिडियामा गसिप आउन थालिसकेका छन् । सायद, साहरुख पनि छोरी सुहानालाई लिएर गम्भिर छन् ।
एक फेसन म्यागेजिनलाई दिएको इन्टरभ्यूमा साहरुखले छोरीसँग प्रेम गर्न चाहने यूवकको लागि ७ नियम बनाएका छन् । उनले बनाएका नियमहरु यस्ता छन्ः
१. जागिर आवश्यक छ ।
२. यो वुझ कि, म तिमीलाई मन पराउँदिन ।
३. सधै न म तिमी प्रति नजर राखिरहेको छु ।
४. वकिल सधै नै साथमा छन् ।
५. याद राख कि, उ मेरी राजकुमारी हुन् । उसलाई तिमीले जितेका होइनौ ।
६. उसलाई दुःख दियौ भने, मलाई जेल जान कुनै डर छैन ।
७. जस्तो व्यवहार तिमीले उ प्रति गर्छौ, म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु ।
हेरौ,साहरुखले आफ्नो छोरीको लागि यी नियम पालना गर्ने युवक पाउँछन् कि पाउँदैनन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply