Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
ऊर्जा मन्त्रालयले स्वदेशी पुँजी नै ऊर्जा क्षेत्रमा लगाउने योजनासहित‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम ल्याएको छ । सोमबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा कार्यक्रम सुरु गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली पुँजीबाट ऊर्जा उत्पादन बढाइने बताए ।
त्यसका लागि स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम संकलन गरी क्षमताअनुसार लगानी गर्ने योजना उनले सुनाए ।
उनले स्वदेशमा उत्पादित ऊर्जा आन्तरिकरुपमै खपत गर्ने र बढी भएको ऊर्जा निर्यात गरी विदेशी रुपैयाँ भित्र्याइने लक्ष्य सरकारको रहेको बताए ।
कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी जेठदेखि मुलुकभर लोडसेडिङ अन्त्य गर्न तीव्रगतिमा काम भइरहेको जानकारी दिए । घरेलु उत्पादन र भारतबाट आयातित विद्युत्ले आगामी जेठबाट आन्तरिक माग धान्ने उनको भनाइ छ ।
पछिल्लो चार महिनामा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रणमा आएको दाबी पनि उनले गरे । सन् २०२० सम्ममा करिब ७ हजार मेगावाट, २०२५ मा ११ हजार मेगावाट आन्तरिक विद्युत्को माग हुने अनुमान मन्त्रालयको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply