Ticker

6/recent/ticker-posts

चिनिया पक्षद्वारा रसुवागढी नाकामा मालवहाक कन्टेनर सञ्चालनमा रोक....?

रसुवा, माघ ।
रसुवागढी नाकामा एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको छ । रसुवागढी नाकामा शनिबारदेखि एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको हो ।
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा चिनिया नयाँ वर्ष तथा चाडपर्वलाई मध्यनजर गर्दै मालवाहक कन्टेर सञ्चालनमा रोक लगाइएको हो ।
यही जनवरी २८ तारिखदेखि चिनिया नयाँ वर्ष सुरु हुने र नयाँ वर्षसँगै ग्याल्वो ल्होसार मनाइने भएकाले एक महिनाका लागि चिनिया पक्षले मालवाहक कन्टेर सञ्चालनमा रोक लगाएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाका अनुसार चीनतर्फ शुक्रबारदेखि नै मालवाहक कन्टेनरमा शिल लगाउन बन्द गरिएको छ । शुक्रबार शिल लगाइएका मालबाहक कन्टेनर शनिबार वेलुकीसम्म रसुवागढी नाका आइपुग्ने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट चीन जाने तयारीमा रहेका डेड सय कन्टेनर शुक्रबारदेखि नै रसुवाको धुन्चे, कालिकास्थान, वेत्रावती तथा टिमुरेमा रोकिएका छन् ।

Post a Comment

0 Comments