न फुल भेटियो न गमला भेटियो
सुकेको जरा पनि भुइ तला भेटियो
अवलोकन गर्ने क्रममा तिमिभित्र
दिल दुखाउने अर्को कला भेटियो
आफ्ना,पराइ हेरियो कसै सङग
न सुझाब भेटियो न हौसला भेटियो
तिम्ले दिएका चोटहरु भित्र लुकेको
मैले हदै प्यार गरेको बदला भेटियो
रङ्ग फेर्ने हरुको त कुरै छोड्नुहोस
श्रीमान हुने सडकमा अबला भेटियो
जनक सन्याल
कैेलाली, हाल कोरिया
0 Comments