Ticker

6/recent/ticker-posts

खड्का जी की कान्छी अर्थात ‘मेरी बास्सै’ कि मञ्जु अब हिन्दी फिल्ममा....

काठमाडौ,माघ ।
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा ‘पौवा’मा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जी की कान्छी श्रीमतीको भूमिका निभाएकी थिइन् ।
प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् ।
प्रियंका चोपडाको होम प्रोडक्शन पर्पल पेबलबाट छनौट भएको भन्दै फोन आउँदा आफूलाई निकै खुसी लागेको मञ्जुले प्रतिक्रिया दिईन् । पर्पल पेबलमा अहिले प्रियंकाकी आमा मधु चोपडा प्रमुख छिन् ।
फेबु्रअरी पहिलो सातादेखि वर्कशप सुरु हुने यो सिनेमाका लागि अझैँ पाँच जना कलाकारहरुको खोजी भइरहेको छ । सिनेमामा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकाको कथालाई समेटिने जनाइएको छ ।

Post a Comment

0 Comments