Ticker

6/recent/ticker-posts

किन थाके सरकारी वकिल ? आजवाट काममा फर्कदै.....

काठमाडौ, माघ ।
उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै काम बन्द गरेका सरकारी वकिलहरु बुधबारदेखि काममा फर्कने भएका छन् । तर कामका फर्कने नफर्किने बारे बुधबार पनि छलफल हुँदैछ ।
सेवाग्राहीले समस्या पाएको भन्दै बुधबारदेखि काममा फर्किने  तयारी भए पनि ट्रेड युनियनसँग छलफल गरे पछि मात्रै निर्णय गर्ने महान्याधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । सरकारी वकिलहरुले चार वटा ट्रेड युनियनसँग छलफल गर्न लागेका हुन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक, महान्यायधिवक्ता रमणकुमार श्रेष्ठ, न्यायपरिषद सदस्य रामप्रसाद सिटौला र पदम वैदीबिच भएको छुट्टा छुट्टै वार्तापछि सरकारी वकिल बुधबारदेखि काममा फर्किने तयारीमा भने छन् ।
उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त हुँदा सरकारी वकिलबाट जम्मा एकजना मात्र परेको भन्दै आइतबारदेखि सर्वोच्च अदालत लगायत देशभरि नै काम वहिष्कार गरेका थिए । सरकारी वकिलले काम बहिष्कार गर्दा हजारौँ मुद्दाको सुनुवाई प्रभावित भएको छ ।

Post a Comment

0 Comments