काठमाडौ, माघ ।
स्थानीय तह लगायत प्रान्त र संसदीय निर्वाचनको घोषणा गर्न सरकारमाथी दिनप्रतिदिन दवाव बढ्दै गएको छ । प्रमुख प्रतिपक्ष दल एमाले मात्र होइन् सत्तारुढ दलकै नेताहरु पनि तत्काल निर्वाचनको मिती घोषण गर्न दवाव दिन थालेका छन् । तर मधेशी मोर्च भने संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव परिमार्जन नभएसम्म चुनावमा नजाने अडान लिईरहेको छ । चुनावको मिती घोषणा गर्न र नगर्न अडान राख्ने पक्षहरुको चेपुवामा वर्तमान सरकार परिरहेको छ ।
यसैबीच तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । संसदको शुक्रबारको बैठकमा बोल्दै तीन ठूला दलका शीर्ष नेताले तत्काल चुनावको मिति घोषणा गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
सरकारले सबै दललाई लिएर तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने उनीहरुको माग छ । संसदमा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आफूहरुसँग एक वर्ष मात्र बाँकी रहेकाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्ने धारणा राखे । उनले भनेः‘ हामीसँग अब एक वर्षको समयमात्र बाँकी छ । यो समय भित्र चुनाव गर्न नसक्ने हो भने देशको अस्तित्वनै संकटमा पर्छ ।’ चुनाव गर्दा सुरुमा स्थानीय तहको चुनाव गर्नुपर्ने उनको धारणा छ ।
त्यस्तै एमाले उपाध्क्ष भिम रावलले पनि तत्काल चुनाव गर्नु पर्ने माग गरे । उनले सरकार गठन भएको ६ महिनामै देशको अवस्था भयावह भएको भन्दै भनेः‘ यो समय संविधान कार्यान्वयनका लागि केही भएन । अन्तर्राष्टिय सम्बन्ध बिग्रियो ।’ नेता रावलले रामचन्द्र पौडेल प्रति व्यङ्ग्य गर्दै भनेः‘ चुनाव गर भन्ने तर चुुनाव नगर्न अहिलेसम्म कसले रोक्यो चुनाव ?’
आफूले शितल निवासमा भएको एक बैठकमा नेपालको शान्ति सुरक्षामा असर पर्ने काम भएको बारे जानकारी गराएपनि सरकारले त्यसमा चासो नदेखाएको भन्दै रावलले आपत्ति समेत जनाए ।
माओवादी केन्द्रका नेता रामनारायण विडारीले संविधान संशोधनको चपेटामा देश परेको र संविधान संशोधन गरेर चुनावमा जानुपर्ने धारण राखे ।

0 Comments